गृहपृष्ठ प्रकाण्डलाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश

प्रकाण्डलाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश

prakand-hatkandi फाइल तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ’प्रकाण्ड’ लाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । जब्बरजस्ती चन्दा संकलन गरेको अभियोगमा पक्राउ परेका प्रकाण्डमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमै राख्न आदेश दिएको हो ।

आइतबार अदालत पु-याइएका उनलाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गर्न प्रहरीले माग गरेको थियो । यसअघि प्रहरीले प्रवक्ता प्रकाण्डको अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो ।

गत श्रावण २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रवक्ता प्रकाण्ड २ जना सहयोगीसहित काठमाडौंको टौदहबाट पक्राउ परेका हुन् । प्रकाण्डले उद्योगी व्यवसायीहरुबाट करिब ७ करोड चन्दा असुली गरेको दाबीसहित प्रहरीले चन्दा ऐन अन्तरगत मुद्दा चलाएको छ ।

प्रकाशित समय १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु