गृहपृष्ठ काठमाडौं, काभ्रेपछि प्रकाण्डलाई अब भोजपुर लगिने
काठमाडौं, काभ्रेपछि प्रकाण्डलाई अब भोजपुर लगिने
फाइल तस्बिर
बिहिबार सर्वाेच्च अदालतको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले त्यसलगत्तै पक्राउ गरेको छ ।
सुरुमा पार्टीको काममा हेटौंडा गएका प्रकाण्डलाई काठमाडौं फर्कदै गर्दा प्रहरीले टौदहबाट नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा उनका छोराले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्चले प्रकाण्डलाई रिहा गर्न आदेश दिएपछि प्रहरीले उनलाई रिहा त गर्याे तर, त्यसलगत्तै पुनः पक्राउ गरेको थियो । उनलाई सुरुमा जबर्जस्ती चन्दा असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
तर, दोस्रोपटक भने काभ्रेस्थित एक क्रसर उद्योगमा भएको आक्रमणको विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बिहिबार सर्वाेच्चले आदेश दिएसँगै उनलाई रिहा गर्याे ।
सर्वाेच्चको आदेशमा रिहा भएका प्रकाण्ड त्यसलगत्तै पुनः पक्राउ परे । उनलाई अब भोजपुर जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । उनीविरुद्ध भोजपुर जिल्ला अदालतले वारेन्ट जारी गरेकाले पक्राउ गरिएको जनाइएको छ ।
प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चकाे अादेश
प्रकाशित समय १९:१४ बजे

















