गृहपृष्ठ एसिया कप छनोट क्रिकेट : सागर पुनको अर्धशतक

एसिया कप छनोट क्रिकेट : सागर पुनको अर्धशतक

एसिया कप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालका लागि सागर पुनले अर्धशतक प्रहार गरेका छन् । सागरले ६७ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ५३ रन जोडेका छन् । राष्ट्रिय टोलीमा कमव्याक गरेपछि उनको पहिलो अर्धशतक हो । उनलाई क्रिजमा आरिफ शेखले साथ दिइरहेका छन् ।

मलेसियामा जारी खेलमा टर हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको छ । सुवास खकुरेल ४, पारस खड्का ८, दिपेन्द्रसिंह ऐरी ९ र ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट भएका छन् ।

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु