गृहपृष्ठ धनुषामा गोली चल्यो, एक घाइते

धनुषामा गोली चल्यो, एक घाइते

अज्ञात व्यक्तिकाे गोली प्रहारबाट धनुषामा एक जना घाइते भएका छन् । गएराति अज्ञात व्यक्तिले चलाएको गोलि लागेर लक्ष्मीनियाँ गाउँपालिका १ का संजय शर्मा गम्भीर घाइते भएका छन् ।

घाइते शर्माको उपचारको लागि काठमाडौं ल्याइएको छ । उनकोे पेटमा गोली लागेको छ । जनकपुर ढल्केवर सडक खण्डमा माेटरसाइकलमा अाएका अज्ञात व्यक्तिले गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ ।

गोलि प्रहार गर्नेकाे मोटरसाइकल नम्बर पहिचान भइ सकेको प्रहरीले जनाएको छ गोली प्रहार गर्नेको खोजी भइरहेकाे धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपलीयाले जानकारी दिए ।

प्रकाशित समय ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु