गृहपृष्ठ एसिया कप छनोट : हङकङ विरुद्ध नेपाल व्याटिङ गर्दै

एसिया कप छनोट : हङकङ विरुद्ध नेपाल व्याटिङ गर्दै

फाइल तस्बिर

एसिया कप छनोटको अन्तिम खेलमा हङकङ विरुद्ध नेपालले व्याटिङ गरिरहेको छ । मलेसियाको युएम वाइएसडी स्टेडियममा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । गएराति परेको पानीले मैदान भिजेपछि ढिलोगरी सुरु गरिएको खेल सुरु भएको हो ।

जित्नैपर्ने दबाब रहेको नेपालले छनोट हुनका लागि फराकिलो जित हात पार्नुपर्छ । १३ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा नेपालले २६ रन बनाएर खेलिरहेको छ । सुवास खकुरेल र कप्तान पारस खड्का आउट भएका छन् ।

यसअघि २ मा जित र २ मा परावित भएको नेपाल आफ्नो अन्तिम खेल जित्ने लक्ष्यका साथ मैदान उत्रदै छ । पहिलो खेलमा ओमान र देस्रो खेलमा यूएईसँगको खेलमा पराजित भएको नेपाल तेस्रो खेलमा आयोजक मलेसिया र चौथो खेलमा सिंगापुुरविरुद्ध जित निकाल्दै छनोटको सम्भावना कायम राखेको हो ।

फाइनलमा पुग्नका लागि नेपाल अरुको भर पर्नुपरेको छ । नेपालले हङकङलाई र यूएईलाई ओमानले फराकिलो अन्तरले हराए मात्र नेपाल छनोट हुन्छ ।

छनोट खेलमा ओमान ७ अंकसहित शीर्ष स्थानमा छ । ६ अंक जोडेको यूएई दोस्रो र हङकङ ५ अंकसहित तेस्रो स्थानमा छ । ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ ।

प्रकाशित समय ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु