गृहपृष्ठ प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम !
प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम !
प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको छ । सासंद तारालामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितिले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो ।
संसदीय समितिले प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।भदौ ५ गते संसदीय समितिले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै एक महिनापछि संसदमा प्रतिवेदन पेश गरिएको हो ।
प्रदेश सभामा पेश भएको २४ घण्टा पछि मात्र प्रदेश सभामा प्रतिवेदनमाथिको छलफल शुरु हुने छ । प्रदेश सभाका सदस्यहरुले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न पाउने छन।
प्रकाशित समय १५:५२ बजे

















