गृहपृष्ठ पर्यटन आर्थिक विकासको मेरुदण्ड : सभामुख महरा

पर्यटन आर्थिक विकासको मेरुदण्ड : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले नेपालमा वार्षिक एक करोड पर्यटक भित्र्याउन सकिए देशको आर्थिक विकासले गति लिने बताएका छन् । नेपाल पर्यटन पत्रकार महासंघको तेस्रो साधारण सभाको समापनमा सभामुख महराले सो कुरा बताएका हुन् ।

उनले नेपालमा धेरै पर्यटकीय स्थल रहेकाले यसको संसक्षण र प्रचार प्रसार विश्वभर गर्नु पनमा जोड दिए । पर्यटक भित्र्याउनका लागि पत्राकारको ठूलो भूमिका रहने भन्दै सभामुख महराले प्रचार प्रसारमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष धनिराम शर्माले देशमा रहेको विभिन्न पर्यटकि क्षेत्रको प्रचार प्रसार गरेर आर्थिक विकासमा महासंघले काम गरिरहेको बताए । महासंघले साधारण सभाबाट पर्यटनको विकासको योजना समेत तयार पारेको उनले बताए ।

साधरण सभामा सहभागी हुन देशभरबाट पर्यटन पत्रकार आएका थिए । सभा मंलबार नै समिएको छ ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु