गृहपृष्ठ ३० करोड लागतमा बन्ने भए मनमोहन कार्डियोथोरासिक भवन

३० करोड लागतमा बन्ने भए मनमोहन कार्डियोथोरासिक भवन

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी ओलीे सरकारको पहिलो प्राथमिकता आर्थिक समृद्धि भएको बताए । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आज काठमाडौमा शिलान्यास गर्दे उहा“ले मुलुक अब आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने बताए ।

भ्रष्टाचार गर्ने जो कोहिलाई सरकारले नछाड्ने भन्दै भ्रष्टाचार अन्त्य गर्न सबैस“ग सहयोग गर्न अपिल गरे । बहुमत प्राप्त सरकारले जनतामुखि काम गर्ने भन्दै ओलीले जनताको काममा तुरुन्त गर्न राष्ट्रसेवकहरुलाई निर्देशन समेत दिए ।

अस्पताललाई सेवामुखि बनाउनु पर्ने र बिरामीको सेवालाई पैसास“ग दाज्न नमिल्ने उहा“ले बताए । पहिले उपचार त्यसपछि पैसा भन्दै ओलीले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गरी ने बताए । २३ आना क्षेत्रफलमा निर्माणाहुन लागेको मनमोहन कार्डियोथोरासिक भवन ३० करोड रुपैयाको लागतमा बन्ने छ । भवन १९ महिनामा निर्माण भई सक्ने छ भने सुविधा सम्पर्ण ४० वटा वेड थपिने अस्पतालका कार्यकारी निर्देशक डाक्टर उत्तमकृष्ण श्रेष्ठले बताए ।

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु