गृहपृष्ठ रक्सी पिउदै नपिउनुस् पिउनेेेे हाे भने यस्ता कुरामा ध्यान दिनुस्

रक्सी पिउदै नपिउनुस् पिउनेेेे हाे भने यस्ता कुरामा ध्यान दिनुस्

काठमाडौं : तपाईं हामी धेरैलाई थाहा छ मदिरा सेवन गर्नु हुदैन। किन स्वास्थ्यमा प्रतिकुल असर गर्छ।

कतिलाई यहाँ यस्ताे समस्या निम्त्याउने भन्ने विषमा पनि जानकार हुनुहुन्छ भने कतिलाई खानु हुदैन भन्ने थाहा हुदा हुँदै पनि खानु भएकाे छ। हामी अाैषधि नखाने गरि स्वस्थ हुन खाेज्छाै तर अस्वस्थ भयाै भने अाैषधि खाएर ठिक हुनु पर्छ।

पिउनु हुदैन। पिउने नै हाे भने केही न्यूनतम कुरालाई ध्यान दिनुपर्छ। ब्रिटेनको सार्वजनिक स्वास्थ्य संस्था (एनएचएस)का अनुसार एक हप्तामा एकजना महिला वा पुरुषले १४ यूनिटभन्दा धेरै रक्सी पिउनु हुँदैन।

ब्रिटेन सरकारले १० मिलिमिटर अमिश्रित रक्सीलाई एक युनिट मापन गर्छ। यहाँको सरकारले आफ्ना नागरिकलाई हप्तामा सानो १० गिलास वाइन पिउने सल्लाह दिने गरेको छ।

पिउन छाेड्दा
२०१३ मा रक्सीको असरका विषयमा ‘अल्कोहोलिज्म’ जर्नलमा एउटा रिपोर्ट छापिएको थियो।

यसमा उल्लेख भएअनुसार रक्सी पिउँदा तुरुन्त निन्द्रा आउनुका साथै पहिलो चरणमा यो गहिरो पनि हुन्छ। तर दोस्रो चरणको निन्द्रा हाम्रो शरीरलाई चाहिएअनुसारको गहिरो हुँदैन। रक्सी सेवनलाई घटाउँदै लैजाने हो भने राति गहिरो निन्द्रा पर्ने र बिहान उठ्दा ताजा महसुस गर्न सकिने कुरा एनएचएसले उल्लेख गरेको छ।

अत्याधिक रक्सी सेवन गर्दा रोगसँग लड्ने क्षमतामा समेत ह्रास आउँछ। जसका कारण विभिन्न प्रकारका रोग लाग्ने खतरा बढ्द छ। एनएचएसका अनुसार जो व्यक्ति धेरै रक्सी सेवन गर्छ उसलाई संक्रामक रोगले धेरै छिटो आक्रमण गर्छ।

अमेरिकाको नेसनल इन्टिट्यूट अफ अल्कोहल एब्युज एण्ड एल्कोहोहिज्मको  रिर्पोटअनुसार रक्सी सेवन गरेको २४  घण्टासम्म पनि शरीरमा साइटोकिन हाम्रो शरीरलाई चाहिनेभन्दा अति न्यून मात्रामा उत्पादन हुन्छ

शरीरमा ‘साइटोकिन नामक तत्त्व निर्माण हुन अवरोध हुन्छ। साइटोकिनले शरीरमा हुनु ‘इन्फेक्सन’विरुद्ध लड्न अहम् भूमिका खेल्ने तत्त्व हो। अमेरिकाको नेसनल इन्टिट्यूट अफ अल्कोहल एब्युज एण्ड एल्कोहोहिज्मको  रिर्पोटअनुसार रक्सी सेवन गरेको २४  घण्टासम्म पनि शरीरमा साइटोकिन हाम्रो शरीरलाई चाहिनेभन्दा अति न्यून मात्रामा उत्पादन हुन्छ।
एनएचएसका अनुसार यदि पहिलेदेखि नै निराश या दुःखी हुनुहुन्छ भने रक्सीले यस्ता भावनाहरुलाई कम गर्नुको सट्टा अरु बढाउँछ। यदी तनाव, निराशा, दु:खी महसुस गरिरहेको बेलामा राम्रो मूड बनाउनु छ भने रक्सीको मात्रा घटाउनुभन्दा दोस्रो विकल्प नहुने एनएचएसले बताएको छ।
सुन्दर त्वचा कसलाई मनपर्दैन होला र। यदी सुन्दर त्वचाको चाहना छ भने रक्सी छोडेकै बेस। अमेरिकाको एसोसिएसन अफ डर्माटोलोजीका अुनसार रक्सी हाम्रो त्वचाका लागि एकदमै हानिकारक हुन्छ। यसले छालालाई सुख्खा बनाउँछ र विस्तारै छाला खराब बनाउँछ। त्यसैले त रक्सी पिउने मानिसहरू वास्तविकभन्दा बढी उमेरका देखिन्छन्। रक्सी छोडेको केही समयमा नै हाम्रो छालामा परिवर्तन आउन थाल्छ।

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु