गृहपृष्ठ अनलाइन सेयर कारोबारमा दिनहुँ समस्या, नेप्सेले जारी गर्यो सूचना

अनलाइन सेयर कारोबारमा दिनहुँ समस्या, नेप्सेले जारी गर्यो सूचना

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्ता र ब्रोकरलाई केवाइसी अपडेट गर्न आग्रह गरेको छ । यस्तै आवश्यक जानकारी अपडेट नगराई ब्रोकरको प्रणाली (टिएमएस) कारोबार नगरिने पनि नेप्सेले स्पष्ट पारेको छ ।

निकै लामो समयको प्रतिक्षापछि कार्यान्वयनमा ल्याइएको पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीमा दिनहुँजसो समस्या आएपछि मंगलबार सूचना जारी गर्दै नेप्सेले ब्रोकर र लगानीकर्तालाई सचेत गराएको हो । केही ब्रोकर तथा लगानीकर्ताबाट टिएमएसमार्फत कारोबार गर्न नपाएको भन्ने गुनासो आएको र नेप्सेको पुरानो कारोबार प्रणाली (सिटिएस)मा केवाइसी अपडेट नभएको अथवा अपडेट गरे पनि केही आवश्यक पर्ने विवरण छुटेका कारण यो समस्या आएको नेप्सेको दाबी छ ।

व्यक्तिगत वा संस्थागत विवरण आफ्ना ब्रोकरलाई दिन पनि लगानीकर्तालाई नेप्सेले आग्रह गरेको छ । विवरण अपडेट नगरी युनिक क्लाइन्ट कोड(यूसीसी) प्राप्त नहुने र टिएमएसमा कारोबार गर्न समेत नसकिने नेप्सेको भनाइ छ । कर्पोरेट क्लाइन्टहरुले आफ्ना ब्रोकरलाई ग्राहकको नाम, कोड, दर्ता नम्बर र दर्ता मिति उपलब्ध गराउनुपर्ने नेप्सले जनाएको छ । यस्तै, व्यक्तिगत ग्राहगका लागि नाम, कोड नम्बर, जन्ममिति, नागरिकता जारी मिति, नागरिकताको नम्बर र नागरिकता जारी भएको जिल्ला सम्बन्धी विवरण आवश्यक पर्नेछ ।

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु