गृहपृष्ठ क्यानको अध्यक्षमा नवराज कुँवर विजयी

क्यानको अध्यक्षमा नवराज कुँवर विजयी

कम्प्युटर एसोसियसन अफ नेपाल (क्यानं) फेडरेशनको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । कुँवर प्रतिस्पर्धी सुनैना पाण्डेलाई पछाडि पार्दै अध्यक्षमा विजयी भएका छन् ।

सदस्यहरुमा संस्थागत समूह र व्यक्तिगत आजीवन समूहमा पाण्डे नेतृत्वको प्यानलले जित हात पारेको छ । उनले प्रतिद्वन्द्वीलाई ६ प्रतिशतले पछि पार्दै विजयी भएका हुन् ।

संस्थागततर्फ पाण्डेका प्यानलका अरुण बंशल, उमेश रघुवंशी, रञ्जित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् भने यसै समूहमा महिलातर्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिंह कायस्थ र सर्मिला भुजेल यसअघिनै निर्विरोध भइसकेका छन् ।

त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ समेत पाण्डे समुहकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भएका छन् । संस्थागत आजीवन सदस्य समूहमा भने नवराज कुँवर नेतृत्वको प्यानलले जित हात पारेको छ ।

विजयी भएपछि नवनिर्वाचित अध्यक्ष कुँवरले न्युज कारोबारसंग कुरा गर्दै भने, ‘अब क्यान सरकारसँग सहकार्य गरेर अगाडि बढ्छ । सूचना प्रविधि व्यवसायीलाई काम गर्न सहज वातावरण बनाउन सरकारसँग आवश्यक परामर्श गरेर अगाडि बढ्ने हामीले प्रतिवद्धता नै जनाएका छौं ।’

अबको नेतृत्वले विश्वको प्रविधिलाई नेपाल भित्र्याउनका लागि अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गरेर नेपालमा भित्र्याउने उनले बताएका छन् ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु