गृहपृष्ठ एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

एनआईसी एशिया बैंकले नरहा गाउँपालिका वडा नं ५,सिरहास्थित नरहामा नयाँ शाखा विस्तार गरेको छ । सो नयाँ शाखाको उद्घाटन नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले गरे । गाउँपालिका अध्यक्ष यादवले ग्रामीण भेगमा बैंकले सेवा प्रदान गरेकोमा प्रशंसा गरे ।

हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले अन्य स्थानहरुमा पनि थप शाखाकार्यालय विस्तार गर्ने जनाएको छ ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु