गृहपृष्ठ दक्षिणी अफ्रिकामा आँधी : मोजाम्बिकमा मात्र १ हजारको मृत्यु, २५ लाख प्रभावित

दक्षिणी अफ्रिकामा आँधी : मोजाम्बिकमा मात्र १ हजारको मृत्यु, २५ लाख प्रभावित

समुद्री आँधी इडाईले दक्षिणी अफ्रिकामा लाखौँ मानिसहरू प्रभावित भएको संयुक्त राष्ट्रसंले जनाएको छ । इडाई आँधी पृथ्वीको दक्षिणी गोलार्धमा भएको मौसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्ने राष्ट्रसंघको मौसमसम्बन्धी निकायले बताएको छ । आँधीले प्रहार गरेका मोजाम्बिक, जिम्बाब्वे र मलावीमा अझै बाढीबाट प्रभावित छन् ।

मोजाम्बिकका राष्ट्रपति फिलिपी न्युसीले आँधीबाट ‘ठूलो अनुपातको मानवीय विश्वंस’ भएको बताएका छन् । उनका अनुसार गत हप्ता सो आँधीले प्रहार गरेपछि मोजाम्बिकमा मात्र एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । आँधीबाट २५ लाखभन्दा बढी मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएको सहायता निकायहरूले बताएका छन् ।

मोजाम्बिक सरकारका अनुसार बन्दरगाह सहर बेयरामा मात्र एक लाखलाई तत्कालै उद्धार गर्नुपर्ने आवश्यकता देखिएको छ । एउटा हवाई सर्वेक्षणमा बुजी नदी फुटेर ५० किलोमिटर सम्मको क्षेत्रफल डुबानमा परेको देखिएको थियो । केही मानिसहरू घरको छानामा बसेका छन् भने केही पानीमा डुबेरै उद्धार कुरिरहेका छन् । उद्धार गरिएका मानिसहरूले आफ्नो घर र बस्ती भयावह स्थितिमा रहेको बताएका छन् । आँधी र बाढीले घरमा केही पनि बाँकी नराखेको उनीहरूको भनाइ छ।

बीबीसीको सहयोगमा

प्रकाशित समय १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु