गृहपृष्ठ साफ महिला : उपाधिका लागि नेपाल र भारत भिड्ने

साफ महिला : उपाधिका लागि नेपाल र भारत भिड्ने

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराउँदै भारतले फाइनलमा पुगेको हो ।

त्यसअघि नेपालले श्रीलंकालाई पनि ४–० ले हराएको थियो । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकालाई ४–० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालका लागि पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका थिए ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु