गृहपृष्ठ गुजरातमा आगलागी, १९ विद्यार्थीको मृत्यु

गुजरातमा आगलागी, १९ विद्यार्थीको मृत्यु

भारतमा एउटा विद्यालयमा भएको आगलागीको घटनामा कम्तीमा १९ जना विद्यार्थीको मृत्यु भएको छ । अन्य २० जनालाई गम्भीर घायते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको गुजरातस्थित अस्पतालहरूमा उपचार भैरहेको बताइएको छ ।

ट्युसन कक्षा संचालन भइरहेको भैरहेको सो भवनमा आगलागी भएको हो । गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले आगलागीको घटनाबारे छानविन गर्न आदेश दिएका छन् ।

राज्य सरकारले उक्त घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई चार लाख भारतीय रुपैयाँ सहायता स्वरुप उपलब्ध गराउने घोषणा पनि गरेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु