गृहपृष्ठ भारतीय वायुसेनाको विमान चीनको सीमा नजिकबाट हरायो

भारतीय वायुसेनाको विमान चीनको सीमा नजिकबाट हरायो

चालक दलका सदस्य र यात्रु गरी १३ जना बोकेको भारतीय वायु सेनाको विमान एएन–३२ सोमबार दिउँसोदेखि हराएको छ ।

पूर्वी भारतको असमस्थित सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र अन्य ५ यात्रु बोकेको उक्त जहाज अरुणाञ्चलको चिनियाँ सीमा नजिकैबाट हराएको हो । उक्त विमानले अरुणाञ्चलको मेचुका उपत्यकाका लागि उडान भरेको थियो ।

टेक अफ भएको केही समयपछि नै विमान सम्पर्कबाहिर गएको भारतीय सेनाका अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु