गृहपृष्ठ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न प्रदर्शनी

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न प्रदर्शनी

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले काठमाडौँमा ‘३० औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६’ हुने भएको छ ।

उद्योग विभागको आयोजनामा हुने प्रदर्शनीमा ७७ जिल्लामा उत्पादित बस्तु र लघु घरेलु तथा सान उद्योगी व्यवसायीहरुको सहभागिता रहने सहआयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघको जनाएको छ । प्रदर्शनीमा करिब २ सय स्टल रहनेछन् ।

जेठ २२ देखि २६ गतेसम्म काठमान्डौँको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिने महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताए । प्रदर्शनीमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा लिइएको छ ।

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु