गृहपृष्ठ स्पेनमा पनि कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ६ घण्टामै ५८९ को मृत्यु
स्पेनमा पनि कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ६ घण्टामै ५८९ को मृत्यु
सोलमा कोरोना भाइरसविरूद्ध सावधानीका रूपमा कीटाणुनाशक बनाइँदै ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्पेनमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ ।
चीनबाट विश्वभर रुपमा फैलिएको भाइरसले चीनमा नियन्त्रणको नजिक पुग्दा युरोपियन मुलुकका धेरै देशहरुमा भने संक्रमितको संख्या एक लाखभन्दा बढी पुगेको छ ।
अहिलेसम्म स्पेनमा एक लाख दुई हजार १३६ जनामा संक्रमण देखा परेको छ भने नौ हजार ५३ जनाको ज्यान गएको छ । पछिल्लो छ घण्टामा मात्रै स्पेनमा ५८९ जनाको ज्यान गएको छ भने ६ हजार २१३ जनामा नयाँ संक्रमण भएको छ ।
अहिलेसम्म सबैभन्दा बढी प्रकोप अमेरिकाले लिएको छ । अमेरिकामा अहिलेसम्म एक लाख ८८ हजार ५९२ जनामा संक्रमण देखिएको छ भने चार हजार ५६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इटालीमा सबैभन्दा बढी ज्यान गुमाउने मुलुक भएको छ । इटालीको पछिल्लो तथ्यांक हेर्दा १२ हजार ४२८ जनाले ज्यान गुमाइसकेकका छन् भने एक लाख ५ हजार ७९२ जनामा संक्रमण देखिएको छ ।
प्रकाशित समय १६:२९ बजे

















