गृहपृष्ठ कोरोना भाइरस : इटलीलाई उछिन्दै यूकेमा युरोपकै सबैभन्दा बढी मृत्यु
कोरोना भाइरस : इटलीलाई उछिन्दै यूकेमा युरोपकै सबैभन्दा बढी मृत्यु
यूकेमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ । अहिलेसम्म यूकेभरी २९ हजार ४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ‘ठूलो विपद्’ भनेका छन् ।
यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या इटलीमा थियो जहाँ पछिल्लो तथ्यांकअनुसार कोरोनाभाइरसबाट २९ हजार ३१५ जनाको मृत्यु भएको छ । इटली र यूकेमा मृत्यु भएका व्यक्तिहरू कोरोनाभाइरस परीक्षणका क्रममा पोजिटिभ देखिएका हुन् ।
प्रकाशित समय ११:०० बजे

















