गृहपृष्ठ कोरोनाका कारण अमेरिकामा बेरोजगार हुनेको संख्या ४ करोडनजिक
कोरोनाका कारण अमेरिकामा बेरोजगार हुनेको संख्या ४ करोडनजिक
अमेरिकामा कोभिड १९ को संक्रममणको प्रभाव देखिएसँगै बेरोजगारको संख्या उच्च दरमा बढेको छ । सरकारी तथ्यांकअनुसार मार्चको मध्यदेखि गत हप्तासम्ममा बेरोजगार हुनेको संख्या तीन करोड ८६ लाख पुगेको छ । अमेरिकामा गत हप्ता मात्रै थप २४ लाख ३० हजारले बेरोजगार भएको भन्दै आवेदन दर्ता गराएका छन् ।
श्रम विभागको तथ्यांकअनुसार मे १६ सम्ममा बेरोजगार भत्ताका लागि नयाँ दाबीसहितका आवेदनको संख्यामा अघिल्ला केही हप्ताको तुलनामा सामान्य घटेको छ । बेरोजगार दरमा पछिल्ला केही वर्षयताकै उच्च समस्या देखिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण धेरै राज्यहरूमा नियमित रूपमा औद्योगिक, व्यावसायिक गतिविधिमा स्वतः कमी आउँदा बेरोजगारीको संख्यामा उच्च वृद्धि भएको हो ।
प्रकाशित समय ०७:२७ बजे

















