गृहपृष्ठ भारतमा कोरोनाबाट मन्त्रीको मृत्यु

भारतमा कोरोनाबाट मन्त्रीको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमणबाट एक जना मन्त्रीको निधन भएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार उत्तर प्रदेश राज्यकी मन्त्री कमला रानी बरुणको आइतबार बिहान कोरोनाभाइरस संक्रणबाट मृत्यु भएको हो ।

साउनको पहिलो साता उनमा कोरोना पोजेटिभ देखिएको थियो । प्रविधि तथा शिक्षामन्त्री बरुणको लखनउस्थित एसजिपिजिआई अस्पतालमा मृत्यु भएपछि मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक कार्यक्रम रद्द गरेका छन् ।

भारतले आर्थिक संकटमा फस्ने डरले लकडाउन खुकुलो बनाएको छ । भारतमा कोरोनाभाइरस संक्रमित र मृतकको संख्या तीव्र गतिमा बढिरहेको छ । भारतमा हालसम्म १७ लाख ५४ हजार कोरोना संक्रमित फेला परेका छन् भने ३७ हजार ४१५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु