गृहपृष्ठ भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणबाट निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणबाट निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार साँझ दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको छ । पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको आर्मी अस्पतालले सोमबार जानकारी दिएको थियो ।

उनका छोरा अभिजित मुखर्जीले पनि बुवाको निधनको पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् ।

अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो । पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो । उनको फोक्सोमा संक्रमण भएको थियो ।

यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु