गृहपृष्ठ अमेरिकाले भन्यो‑ चीनको जल सेना विश्वकै शक्तिशाली

अमेरिकाले भन्यो‑ चीनको जल सेना विश्वकै शक्तिशाली

अमेरिकाले चीनको जल सेना विश्वकै शक्तिशाली भएको निष्कर्ष निकालेको छ । चीनले अहिले आक्रामक ढंगले जल सेनाको क्षमता विस्तार गरिरहेको र आफ्नो सामरिक स्थिति तथा पहुँच विस्तारलाई मजबुद बनाएको अमेरिकी रक्षा मुख्यालय पेन्टागनले जनाएको हो ।

अहिले पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, म्यानमारलगायतका देशमा चीनले सैन्य अखडा विस्तार गर्न लागेको छ । चीनले इन्डो प्यासिफिक क्षेत्रमा जल सेनाको नयाँ अखडा विकास गरिरहेको पेन्टागनको अध्ययनले देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

परमाणु हतियारको संख्या पनि आउँदो दशकमा दोब्बर बनाउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ । चीनले भने यो रिपोर्ट पूर्वाग्रही हिसाबले तयार पारेको धारणा सार्वजनिक गरेको छ ।

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु