गृहपृष्ठ टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

उद्धारमा सहयोग गर्न राष्ट्रपतिको आह्वान

टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जानेहरूको संख्या ७६ पुगेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत सम्बोधनका क्रममा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुगेको जानकारी दिएका हुन् ।

अहिलेसम्म क्षतिको सम्पूर्ण विवरण भने प्राप्त हुन नसकेको र उद्धार जारी रहेको उनले जानकारी दिएका छन् । टर्कीको इज्मिर सहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट ९६२ जना नागरिक घाइते भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । विभागका अनुसार ती घाइतेमध्ये २१९ जना अहिले पनि उपचाररत छन् । भूकम्पपछि एक हजारभन्दा बढी परकम्प महसुस गरिएको थियो । तीमध्ये ४३ परकम्प ४ म्याग्निच्युडका भन्दामाथिको रहेको र स्थानीय बासिन्दाले महसुस गरेको जानकारी दिएका छन् । राष्ट्रपति एर्डोगानले पुरिएकाहरूको खोजी तथा उद्धारमा सहभागी हुन सार्वजनिक आह्वान गरेका छन् ।

प्रकाशित समय १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु