गृहपृष्ठ बेलायत : डेभिड डेभिसको राजीनामाले प्रधानमन्त्रीलाई धक्का

बेलायत : डेभिड डेभिसको राजीनामाले प्रधानमन्त्रीलाई धक्का

david davis news karobar Getty image

युरोपेली संघबाट बेलायत बाहिरिएको विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले पदबाट राजीनामा दिएका छन् । डेभिससँगै उनका सहायक स्टिभ बेकरले पनि सरकार छाडेका छन् ।

बीबीसीका अनुसार ब्रेक्सिज सेक्रेटरी डेभिसले इयूसँग दुई दिनअघिमात्रै भावी व्यापार सम्बन्धबारे प्रस्तावमा सहमति जनाएका थिए । बेलायत इयूमा रहनुहुँदैन भन्ने पक्षधरले उक्त प्रस्तावप्रति असन्तुष्टि जनाइरहेका छन् । डेभिसको राजीनामाले प्रधानमन्त्री मेलाई ठूलै धक्का दिन सक्ने बताइएको छ ।

इयुसँग वार्ता गर्ने जिम्मेवारीसहित सन् २०१६ मा उनी ब्रेक्जिट सेक्रेटरी (मन्त्रीको हैसियत) नियुक्त भएका थिए । डेभिसले ब्रेक्जिट वार्ताहरूमा प्रधानमन्त्री मेको अडानलाई लिएर धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए । सरकारभित्र उनको असन्तुष्टि रहँदै आएको कुरा गोप्य थिएन । तर, आफूले चाहेभन्दा फरक ढङ्गले प्रधानमन्त्रीले इयुसँगको भावी सम्बन्धबारे मन्त्रिपरिषद्मा सहमति जुटाएपछि डेभिसले राजीनामा दिएको हुन सक्ने बताइएको छ । आइतवार डाउनिङ ःट्रीट पुगेपछि उनी राजीनामा दिनुको विकल्प नरहेको निष्कर्षमा पुगेका हुन् ।

इयुबाट बेलायत अलग हुनुपर्ने पक्षधर एक नेताले डेभिसको राजीनामालाई एउटा ’सम्मानजनक र साहसिक निर्णय’ भनेका छन् । डेभिसले सही काम गरेको टिप्पणी गर्दै कन्जरभेटिभ पार्टीका सांसद पिटर बोनले बेलायत बहिर्गमनबारे प्रधानमन्त्रीको नाम मात्रको प्रस्ताव स्वीकार्य नहुने बताए । लेबर पार्टीका प्रमुख इयान लेभरीले एकदमै भद्रगोलको अवस्था छ रहेको र अब प्रधानमन्त्री मेको शक्ति घटेको टिप्पणी गरे ।

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु