गृहपृष्ठ रुपन्देहीको एक विद्यालय जहाँ अंग्रेजी पढाउन उठाइयो एक करोड रुपैयाँ

रुपन्देहीको एक विद्यालय जहाँ अंग्रेजी पढाउन उठाइयो एक करोड रुपैयाँ

कक्षा १२ सम्म अंग्रेजी माध्यममा सञ्चालन गर्नको लागि रुपन्देहीको एक विद्यालयले एक करोड रुपैयाँभन्दा बढी रकम उठाएको छ । स्थानीय तहका जनप्रतिनिधिको बेवास्ताका कारण जीर्ण बनेको विद्यालयको भौतिक संरचना सुधार गरी माविसम्म अंग्रेजी माध्यममा अध्यापन गराउनको लागि उक्त रकम उठाइएको हो ।

प्रगति आधारभुत माध्यामिक विद्यालय–११ प्रगति नगरले बैशाख महिनामा सोही प्रयोजनको लागि महायज्ञ आयोजना गरेको थियो । कुल १ करोड ५४ लाख १६ हजार ३ सय ५१ रुपैयाँ संकलन भएकोकोमा कुल ३६ लाख ५२ हजार २ सय २४ रुपैयाँ खर्च देखाइएको छ । यसबाट विद्यालयले कुल १ करोड १७ लाख ६४ हजार १ सय २७ रुपैयाँ आम्दानी गरेको छ । अझै केही रकम दाताबाट उठ्न बाँकी रहेको छ ।

यज्ञ मूल समितिका संयोजक जीतबहादुर मल्लकाअनुसार विद्यायको खातामा लुम्बिनी विकास बैंकम कुल ३६ लाख ३२ हजार ३ सय ९९ रुपैयाँ जम्मा छ । यस्तै चेक साट्न बाँकी ७ लाख ६३ हजार ३ सय ६५ रुपैयाँ छ भने बकदानबाट उठ्न बाँकी ८२ लाख ९६ हजार ७ सय ५४ रुपैयाँ छ । जुन १ सय २३ जना व्याक्तिले कबोल गरेको रकम हो । बाँकी ८१ हजार ६ सय ९ रुपैयाँ उठ्न बाँकी रहेको छ । जसबाट कुल मौज्दत १ करोड १७ लाख ६४ हजार १ सय २७ रुपैयाँ रहेको हो ।

महायज्ञमा कबोल गरेको रकम उठाउनको लागि जीतबहादुर मल्लको संयोजकत्वमा असुली समिति नै बनाइएको छ । संयोजक मल्लकाअनुसार उक्त रकम कतिपय व्यक्तिहरुले विद्यालयमा नै आएर दिएका छन् भने कतिपयले कही समय कुर्नको लागि अनुरोध गरेका छन् ।
वि. स. २०५४ सालमा स्थापना भएपनि जेनतेन स्थानीबासीको सक्रियतामा कक्षा ४ सम्म अग्रेजी माध्यम पढाई हुँदै आएको सामुदायिक सरकारी विद्यालयमा अब कक्षा १२ सम्म नै अंग्रेजी माध्यममा पढाउने योजना रहेको विद्यालयका प्रमुख सल्लाहकार तथा यज्ञ मुल समिति संयोजक मल्लले बताए ।

गत बैशाख २१ गतेदेखि २९ गतेसम्म विद्यालयमा महायज्ञ आयोजना गरिएको थियो । महायज्ञबाट जम्मा भएको रकमबाट मावि तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराउने योजना अगाडि सारिएको संयोजक मल्ल बताउँछन् । उनी भन्छन्– ‘अब यहाँका विद्यार्थीहरु अन्य विद्यालयमा मावि पढ्नकै लागि जानुपर्ने बाध्यता थियो, जुन टर्नेमा हामी विश्वस्त छाँै ।’ हाल कक्षा ८ सम्म रहेको उक्त विद्यालय कक्षा ९ सम्म यही शैक्षिक सत्रमा नै सञ्चालनको योजना रहेको विद्यालयले जनाएको छ । त्यसलाई अर्को बर्ष थप १०, ११ र १२ कक्षा सञ्चालनको लागि स्थानीय तह, जिल्ला स्तरमा पहल जारी रहेको जनाइएको छ ।

हाल ३ जना विद्यालयका प्रावि स्थायी दरबन्दी रहेको छ भने अन्य ३ जना राहत शिक्षक कार्यरत रहेका छन् । बालविकासमा न्युनतम पारिश्रमिकमा ४ जना कार्यरत रहेका छन् भने अन्य २ जना नीजि स्रोतबाट शिक्षक नियुक्त गरी अध्यायपन गराउँदै आइएको छ । विद्यालयका कुल १२ जना जना शिक्षक कार्यरत रहेका छन् ।

विद्यालयकी प्रधानाध्यापक शिवकुमारी अर्यालका अनुसार आर्थिक संकट टार्नको लागि पनि महायज्ञ लागाइएको र सोबाट जम्मा भएको रकमले मावि तहको विद्यालय सञ्चालनको योजना अगाडि बढाइएको हो । हाल १७ वटा कोठा रहेको विद्यालयमा केही कोठाहरु जीर्ण छन् । जस्तापाताले छाएका कारण कतिपय संरचना तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छन् । अहिले ८ वटा कोठा थप्ने गरी काम थाल्न लागेको पनि प्रध्यानाध्यापक अर्यालले बताइन् ।

प्रकाशित समय ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु