गृहपृष्ठ खशोग्जी हत्याको प्रमाण छ : टर्की

खशोग्जी हत्याको प्रमाण छ : टर्की

टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआनले पत्रकार जमाल खशोग्जीको हत्या गर्ने योजना नियोजित भएको हुनसक्ने बताएका छन् । आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै एर्दोआनले यस्तो बताएका हुन् । उनले अक्टोबर २ तारिखमा इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र क्रुर हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दाबीसमेत गरे । उनले खशोग्जीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने जवाफको खण्डन गरेका छन् ।

टर्कीस राष्ट्रपति एर्दोआनले घटनाका संदिग्धविरुद्ध इस्तानबुलमा मुद्दा चलाउन पनि माग गरेका छन् ।

बीबीसीका अनुसार उनले खशोग्जीको शव कहाँ छ र उनको ज्यान लिने गरी भएको कार्बाहीको आदेश कसले दिएको थियो भन्ने प्रश्नको जवाफ पनि साउदी अरेबियाले दिनुपर्ने बताए ।

साउदी अरेबियाले ती पत्रकारको मृत्यु वाणिज्यदूतावासभित्र भएको पिटापिटका क्रममा भएको बताउँदै आएको छ । उसले युवराज मोहम्मद बिन सलमानको निर्देशनबिना सकृय एजेन्टहरूलाई दोषी देखाएको छ ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु