गृहपृष्ठ बंगलादेशकी पूर्व प्रधानमन्त्री जियालाई श्रृंखलाबद्ध सजाय
बंगलादेशकी पूर्व प्रधानमन्त्री जियालाई श्रृंखलाबद्ध सजाय
अदालतद्वारा सोमबार ७ र मंगलबार १० वर्ष जेल सजायको फैसला
बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई दिइएको ५ वर्षको जेल सजाय बढाएर १० वर्ष पुर्याइएको छ । अनाथालय ट्रस्टको फन्डको धाँधलीको प्रकरणमा ५ वर्षको जेल सजाय काटीरहेकी जियाको सजाय बढाएर हाइकोर्टले १० वर्ष पुर्याइदिएको छ ।
यस्तै सोमबार मात्र अर्काे भ्रष्टाचार प्रकरणमा ७ वर्षको जेल सजाय सुनाइएको थियो । सोमबार सुनाइएको फैसला लगत्तै जियाका समर्थक र बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)बीच झडप भएको थियो । वर्तमान प्रधानमन्त्री शेख हसिनाकी कट्टर विरोधी मानिने गत फेब्रुअरीदेखि जेल सजाय काटीरहेकी छन् ।
यो पनि पढ्नुहोस् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई ७ वर्ष जेल सजाय
‘न्याय पाउदिन थाह छ, हात खुट्टामा पक्षाघात छ, मलाई जहाँ शासन गर्ने हो गर’ – जिया
प्रकाशित समय १६:२३ बजे

















