गृहपृष्ठ सिंहदरबार घेर्ने अस्थायी, करार, ज्यालादारी कर्मचारीको चेतावनी

सिंहदरबार घेर्ने अस्थायी, करार, ज्यालादारी कर्मचारीको चेतावनी

सरकारी कार्यालयमाकार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ । मंगलबार काठमाडौंमा भएको एक साक्षात्कारमा कर्मचारीहरुले माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिए ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथाज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी दिए ।

राउतले २०–२५ वर्षसम्म काम गरेका कर्मचारीलाई सरकारले तीन महिनाको तलब दिएर हटाउन लागेको भन्दै आपत्ति जनाए । ३२ हजार कर्मचारीको रोजिरोटी खोसिएकोप्रति गुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनी दिए ।

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमाभएका सम्झौता अनुसार व्यवस्थापन गर्नुपर्ने बताए । सर्वोच्चले यस्ता कर्मचारी नराख्न आदेश दिए पनि सरकारले पालना नगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलतभएको तर्क गरे ।

कार्यक्रममा कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा कर्मचारी भर्ना गर्ने शैली नै ठीक नभएकाले यस्तो समस्या आएको तर्क गरे । सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले कर्मचारी तन्त्रभित्र धेरै जटिलता रहेको भन्दै सरकारले समस्याको समाधान गर्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राययादवले कर्मचारी तन्त्रमा राजनीतिक प्रभावभएकाले यस्तो समस्याआएको बताए । उनले ट्रेड युनियनहरु नै खारेज गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु