गृहपृष्ठ लैंगिक हिंसाविरुद्धको र्यालीमा फ्रान्सेली राष्ट्रपतिको समर्थन
लैंगिक हिंसाविरुद्धको र्यालीमा फ्रान्सेली राष्ट्रपतिको समर्थन
महिला हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । त्यसैलाई लक्षित गरी युरोपमा पनि विभिन्न कार्यक्रमको आयोजना गरियो ।
फ्रान्सको पेरिसमा लैंगिक हिंसाविरुद्ध निकालिएको र्यालीमा ३०,००० भन्दा बढीको सहभागीता रहेको थियो । र्यालीको आयोजक क्यारोलिन डी हासका अनुसार माहिला हिंसाविरुद्ध सुरु भएको अभियान #मिटुका कारण प्रदर्शनमा सहभागीहुनेहरुको संख्या उल्लेख्य भएको हो ।
र्यालीमा आफ्नो नैतिक समर्थन रहेको फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोँले उल्लेख गरेका छन् । सो सम्बन्धमा ट्वीट गर्दै म्याक्रोँले भनेका छन्, ‘महिलामाथि हुने हिंसाविरुद्ध लडाँई जारी छ, तर हाम्रो समाजले यसमा धेरै काम गर्न बाँकी छ । सबैले यसमा काम गर्नु आवश्यक छ, यो लडाँई लड्नु आवश्यक छ । किनकि यो सबैको मुद्दा हो ।’
प्रकाशित समय १४:०९ बजे

















