गृहपृष्ठ राजिवको सालिकमाथि प्रतिशोध : मुखमा कालो, हातमा रातो रंग
राजिवको सालिकमाथि प्रतिशोध : मुखमा कालो, हातमा रातो रंग
भारतीय पूर्वप्रधानमन्त्री राजिव गान्धीको शालिकमा कालो पोतिएको छ । जबकी हातमा भने रातो पोतिएको छ । लुधियानामा रहेको गान्धीको शालिकमा यस्तो गरिएको हो ।
सन् १९८४ को सिख विरोधी दंगामा गन्धीको सम्लग्नतालाई लिएर पञ्जाबको राजनीति गर्माएको छ । त्यसैको विरोधमा युथ अकाली दलका नेता गुदीप सिंह गोसा तथा मीत पलले पूर्व प्रधानमन्त्रीको सालिकमा कालो पोतेको जागरण डट कमले समाचार लेखेको छ ।
समाचारमा जनाइए अनुसार उनको मुखमा कालो पोतिएको छ भने हातमा रातो । मुख्यमन्त्री क्याप्टेन अमरिन्द्र सिंहले घटनाको कडा निन्दा गरेका छन् । उनले दोशीका विरूद्ध कडा कारबाही गरिने समेत बताएका छन् ।
कालो रंग पोतेपछि उनीहरूले गान्धीको प्रतिमालाई सही रूप दिएको बताएका थिए । जबकी हातमा भने रातो रंग (सांकेतिक रूपमा रगत) पोतिएको छ । यसको अर्थ सिख माथि भएको दमनको लागि उनीहरूले पूर्वप्रधानमन्त्रीलाई जिम्मेवार ठहर्याएका छन् ।
जब घटनाका बारेमा कांग्रेसले थाहा पायो लगत्तै त्यहाँ पुगेर सालिक सफा गरे । त्यसका साथै कांग्रेस कार्यकर्ताले अकाली दलविरूद्ध चर्को नाराबाजी गरे । उनीहरूले घटनाका दोषीउपर कारबाहीको माग पनि गरेका छन् ।

प्रकाशित समय १६:०७ बजे

















