गृहपृष्ठ २५ वर्षीय युवती जसले बिना अप्रेसन जन्माइन् ७ बच्चा
२५ वर्षीय युवती जसले बिना अप्रेसन जन्माइन् ७ बच्चा
इराककी एक २५ वर्षीया युवतीले ७ बच्चा जन्माएकी छिन् । उनले ति बच्चाहरू बिना अप्रेसन प्राकृतिक रूपले जन्माएकी हुन् । अहिले उनको स्वास्थ्यस्थित सामान्य रहेको जनाइएको छ ।
पूर्वी इराकमा भएको यो घटनालाई धेरैले अविश्वसनीय मानेका छन् । आमा मात्र होइन बच्चाको अवस्था पनि सामान्य रहेको जनाइएको छ । पूर्वी इराकस्थित दियाली प्रान्तको एक अस्पतालमा उनले एकसाथ सात बच्चालाई जन्म दिएकी हुन् । इराकमा यस्तो घटना पहिलोपटक भएको दावी गरिएको छ ।
स्थानीय स्वास्थ्य विभागका प्रवक्ता फरास अल इजाववीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् । इजाववीका अनुसार ती (नाम उल्लेख नगरिएकी) युवतीले पाकृतिक रूपमै ७ बच्चालाई जन्म दिएकी हुन् । सातमध्ये ६ छोरी र १ छोरा हुन् ।
प्रकाशित समय १६:४२ बजे

















