गृहपृष्ठ के भारतीय सेनाले नियन्त्रण रेखा पार गरेको हो ?

के भारतीय सेनाले नियन्त्रण रेखा पार गरेको हो ?

bom_bharat_pak_newskarobar

भारत सरकारका अनुसार जैश ए मोहम्मदको चरमपन्थीले भारतका केही स्थानमा आत्मघाती हमलाको तयारी गरिरहेको खुफिया जानकारी उसलाई मिलेको थियो । त्यसपश्चात भारत नियन्त्रण रेखा पार गरी कारबाही गर्ने निस्कर्षमा उ पुग्यो ।

जैश ए मोहम्मदलाई भारतले पुलवाबामा हालै भएको विस्फोटको मुख्य योजनाकार रहेको बताउँदै आएको छ ।

 

मुख्य कुरा

  • सबैभन्दा पहिले भारतीय विमानले नियन्त्रण रेखा पार गरेको पाकिस्तानी सेनाले ट्वीटमार्फत दावी गर्यो ।
  • पाकिस्तानको जबाफी कारबाहीपछि उनीहरू पछि हटेको र जाँदा जाँदै बालकोट नजिकै बम खसालेको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले दावी गरेका छन् ।
  • त्यसको केही समयपश्चात भारतका विदेश सचिव विजय गोखलेले उक्त अभियानको जानकारी दिँदै मंगलबार भारतीय विमानले बालकोटमा जैश ए मोहम्मदको सबैभन्दा ठूलो तालिम क्याम्पलाई निशाना बनाएको जानकारी दिए ।
  • विदेश सचिव गोखलेले भारतका थप केही स्थानमा आत्मघाती हमलाको तयारीको सूचना आएको र त्यसपछि नियन्त्रण रेखा पार गरी हमला गर्नु जरूरी भएको दावी गरे ।

 

भारतीय वायु सेनाका अधिकारीले बिबिसी सम्वाददाता जुगल पुरोहितसँग कुरा गर्दै मंगलबार केही विमानले अन्तर्राष्ट्रिय सीमानाको उल्लंघन नगरिकनै निश्चित लक्ष्यमा बम खसाएको बताए ।

विमानले एलओसी (लाइन अफ कन्ट्रोल) पार गरी नियन्त्रण रेखा नजिकै बालकोट नजिकै बम खसायो ।

वायु सेनाका अधिकारीका अनुसार सम्पूर्ण अभियान आधा घन्टामा पूरा भयो । विमान तीन बजे उडेका थिए भने साढे तीन बजे सबै विमान सुरक्षित फिर्ता भए ।

 

के भन्छ पाकिस्तानी सेना ?

भारतीय वायु सेनाले भारत-पाक नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेको मंगलबार विहान दावी गर्यो । भारतीय सेनाले पाकिस्तानी सीमामा घुसपैठ गर्ने कोशीश गरेको उसले बतायो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीट गर्दै मुजफ्फरवाद सेक्टरबाट भारतीय विमानले घुसपैठको कोशिस गरेको र पाकिस्तानी सेनाले तुरून्तै कारबाही गरेको जानकारी दिए ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘भारतीय विमानले मुजफ्फरवाद सेक्टरबाट घुसपैठ गर्यो, पाकिस्तानी वायु सेनाका तर्फबाट तत्काल र प्रभावकारी कारबाही भयो, त्यसपश्चात उनीहरू भाग्न थाले ।’

‘भाग्दा भाग्दै हडबडाएर उनीहरूले केही वम खसाए, जुन बालकोट नजिकै खस्यो । यसबाट केही क्षती या कोही हताहत भएको छैन ।’

 

‘प्रधानमन्त्री मोदीले दिए सेनालाई छुट’

अभियानको बारेमा जानकारी दिँदै भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले भने, ‘सेनाले देशको रक्षाका लागि धेरै जबर्जस्त कदम उठायो । यस प्रकारको कदमका लागि प्रधानमन्त्री मोदी जीले सेनालाई छुट दिएका थिए । अब सेनाका पछाडि पुरै देश उभिएको छ ।’

कांग्रेस अध्यक्ष राहुल गान्धीले पनि वायुसेनालाई बधाई दिँदै ट्वीट गरे, ‘म भारतीय वायुसेनाका पायलटलाई स्यालुट गर्छु ।’

भारतीय वायु सेनाको अभियानको समाचार त्यस वेला आयो जब भारत र पाकिस्तानका बीच पुलवामा हमलालाई लिएर तनावपूर्ण स्थिती छ ।

१४ फेब्रुअरीमा भएको उक्त हमलाका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, सुरक्षा बललाई खुला छुट दिइएको छ ।

सँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका थिए यदि पाकिस्तानमा हमला भएमा त्यसको जबाफ उसले पनि दिनेछ ।

 

(बिबिसी हिन्दीबाट साभार)

 

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु