गृहपृष्ठ पाकिस्तानको दाबी : भारतीय दुई बिमान खसाल्यौं, पाइलट गिरफ्तार

पाकिस्तानको दाबी : भारतीय दुई बिमान खसाल्यौं, पाइलट गिरफ्तार

पाकिस्तानी सेनाले भारतका दुई लडाकु विमान खसालिदिएको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भनेका छन्– पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा दाखिल हुने दुई भारतीय लडाकु विमान खासलिदिएको छ ।

पाकिस्तानी सेनाका अनुसार भारतको एक पाइलटलाई गिरफ्तारसमेत गरिएको छ । यद्यपि, पाकिस्तानी सेनाको यो दाबी पूर्ण रुपमा पुष्टि भइसकेको छैन । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन कि पाकिस्तान वायु सेनाले आफ्नो वायु सीमाभित्र रहेर नियन्त्रण रेखाको दोस्रोतर्फ बमबारी गरेको हो ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु