गृहपृष्ठ न्युरोड क्षेत्रमा भोलिदेखि मोबाइलबाटै पार्किङ बुकिङ

न्युरोड क्षेत्रमा भोलिदेखि मोबाइलबाटै पार्किङ बुकिङ

smart-parking-kathmandu-mahanagar-newskarobar

काठमाडौंको व्यस्त न्युरोड क्षेत्रमा अब मोबाइलबाटै पार्किङ बुकिङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा आइतबारदेखि स्मार्ट पार्किङ सेवा सुरु गर्न लागेको हो ।

ह्विल्स ट्रुली योर्ससँगको सहकार्यमा सुरु गर्न लागिएको सेवाको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नेछन् । पहिलो चरणमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्सअगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरिने महानगरले जनाएको छ ।

स्मार्ट पार्किङ स्टेसनमा एकपटकमा करिब ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिनेछ । महानगर क्षेत्रका पार्किङ स्थललाई क्षेत्रअनुसार शुल्क निर्धारण गरिएको छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ ।

सेवाका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आईओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु