गृहपृष्ठ सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन
सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन
बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवविहीन छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सचिवविहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । साविकका ६ गाविसका ६ वटा प्राविधिक सहायकलाई नौ वटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीन जनाले दुई वडा र अन्य तीन जनाले एक एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीको भनाइ थियो । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहीन भएका हुन् ।
वडा कार्यालयमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले बताइन् । गाउँपालिकामा समेत दुई जना मात्रै कर्मचारी छन् । (रासस)
प्रकाशित समय १०:३७ बजे
















