गृहपृष्ठ अब कसैलाई पनि सडक पेटीमा देख्नु पर्दैन

अब कसैलाई पनि सडक पेटीमा देख्नु पर्दैन

surkhet-newskarobar

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा दिनहुँ सडक पेटीमा रात गुजार्नेहरुको संङ्ख्या बढ्दै गएको छ । विभिन्न कारणले आमाबुवा गुमाएका सडक बालबालिकाहरु, मानसिक सन्तुलन गुमाएका बृद्ध बृद्धाहरु सडक पेटीमा भेटिन्छन् । जसका कारण सभ्यतालाई चुनौती त छ नै सँगै सुरक्षालाई तथा त्यस्ता व्यक्तिहरुको मानव अधिकारको रक्षामा पनि चुनौती थपिएको छ ।

तर, अधिकारीहरुको प्रतिबद्धता व्यवहारमा रुपान्तरित हुने हो भने यो अवस्था धेरै दिन रहने छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार आयोजना गरेको एक गोष्ठिका सहभागीहरुले अब कर्णालीका सडक पेटीमा अनाथहरु देख्नु नपर्ने बताएका छन् ।

मानव सेवा आश्रमको समन्वयमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखाकी प्रमुख जमुना पौडेलले सुर्खेतमा अनाथ आश्रम बनाउन सरकार प्रतिवद्ध भएको बताइन् । ‘मैले महिला तथा बालबालिका कार्यालय सुर्खेतको प्रमुख हुँदा पनि धेरै अनाथहरुको सेवा गरेकी थिएँ,’ पौडेलले भनिन्, ‘आज आºनै मन्त्रालयले यही कामको थालनी गर्दैछ ।’ उनले अनाथ आश्रम निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिका प्रमुख देबकुमार सुवेदीले वीरेन्द्रनगर कर्णालीको राजधानी भएकाले अनाथ तथा सडकका पेटीमा बास गर्नेहरुको संख्या पनि बढी भएको बताए । उनले त्यसको व्यवस्थापनका लागि नगरपालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोगका लागि आफू तयार भएको उल्लेख गरे ।

त्यस्तै सुर्खेतमा रहेर काम गर्दै आएका थुप्रै गैरसरकारी संघसंस्थाहरुले अनाथ आश्रमको निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश सरकारले अनाथका लागि विशेष नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताउँदै आएका छन् ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु