गृहपृष्ठ विराटनगरका मेयर पराजुलीद्धारा विकास निर्माणको अनुगमन

विराटनगरका मेयर पराजुलीद्धारा विकास निर्माणको अनुगमन

biratnagar_newskarobar

विराटनगर महानगरले नगरका विभिन्न स्थानमा बनेका कालोपत्रे सडकको अनुगमनलाई तीब्रता दिएको छ । एसियाली विकास बैंकको सहयोगमा चलिरहेको मझौला शहरको एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत बनेका सडक, ढल र नालाको विराटनगर महानगर प्रमुख भीम पराजुलीले अनुगमन गरे ।

biratnagar1_newskarobar

अगुगमनमा निस्किएका प्रमुख पराजुलीले समय सीमाभित्रै परियोजना अन्तर्गतका सडकहरु सम्पन्न गर्न निर्देशन दिए । उनले विराटनगरस्थित रोडशेष हुँदै ट्राफिक चोकसम्म बन्दै गरेको झण्डै १ किलोमिटर र धरमबाध रोडमा बनेका ३ किलोमिटर कालोपत्रे सडकहरुको अनुगमन गरेका थिए ।

त्यसक्रममा पराजुलीले स्तरीय सडक बनाउन आफूले सडकको स्तर र नाप अनुरुप काम भए नभएको अनुगमन गरिरहेको जानकारी दिए । परियोजना व्यवस्थापक भरत न्यौपानेले समय सीमाभित्रै परियोजना अन्तरगत परेका सबै सडकहरु कालोपत्रे बनाउने कार्य सकिने बताए । उनले ढल, नाला र सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढीरहेको दावी गरे ।

यो पनि पढ्नुहोस् ।

विराटनगर : अव्यवस्थित विकास निर्माणले व्यापार चौपट, व्यापारी भन्छन्- यस्तो बाटो हिँडेर कसरी आउन् ग्राहक !

प्रकाशित समय १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु