गृहपृष्ठ प्रवास

एनआरएनए अमेरिकाज क्षेत्रको उपसंयोजकमा वेदराजको उम्मेदवारी
एनआरएनए अमेरिकाज क्षेत्रको उपसंयोजकमा वेदराजको उम्मेदवारी

टेक्ससका वेदराज बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । अमेरिका क्षेत्रका गैरआवासीय नेपालीका साझा मुद्दा बोकेर उनले उपसंयोजकमा उम्मेदवारी दिन लागेका हुन् । बस्नेतले दुई कार्यकाल एनआरएनए अमेरिकाको कोषाध्यक्ष भएर काम गरेका छन् ।...

कतारमा सयौं नेपाली अलपत्र, उद्धार सुस्त
कतारमा सयौं नेपाली अलपत्र, उद्धार सुस्त

वैदेशिक रोजगारीका लागि कतार पुगेका सयौं नेपाली कामविहीन भएर अलपत्र परिरहँदा उद्धारका लागि सरकारी पहल भने सुस्त देखिएको छ । नाकाबन्दीका कारण कतारका उद्योग बन्द हुँदा कामविहीन भएर अलपत्र परेको महिनौं बितिसक्दा पनि उनीहरुको उद्धार हुन सकेको छैन । कतारमा...

क्यानडामा यसरी गरिँदै छ भ्रमण वर्षको प्रचार
क्यानडामा यसरी गरिँदै छ भ्रमण वर्षको प्रचार

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि क्यानडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । एनआरएनए क्यानडा र विभिन्न संघसंस्थाले भ्रमण वर्ष लक्षित प्रचारप्रसार गरिरहेका छन् । एनआरएनए क्यानडाले टोरोन्टोमा 'नेपाल डे' मनाउने भएको छ । सेप्टेम्बर १९ का दिन विभिन्न...

अमेरिकाको मिजुरीमा सवारी दुर्घटना हुँदा ३ नेपालीको मृत्यु
अमेरिकाको मिजुरीमा सवारी दुर्घटना हुँदा ३ नेपालीको मृत्यु

अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा तीन नेपालीले ज्यान गुमाएका छन् । जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । दुर्घटना मंगलबार भएको बताइएको छ । श्रद्धाका बुबा-आमा घुम्न अमेरिका...

हङकङबासीले बनाइदिए फुङलिङमा शौचालय
हङकङबासीले बनाइदिए फुङलिङमा शौचालय

हङकङमा बसोबास गर्दै आएका ताप्लेजुङबासीले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेसा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् । २८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई...

श्रेया गजुरेल मिस नेपाल नर्थ अमेरिका
श्रेया गजुरेल मिस नेपाल नर्थ अमेरिका

न्युयोर्ककी श्रेया गजुरेल दोस्रो मिस नेपाल नर्थ अमेरिका २०१९ बन्न सफल भएकि छन् । गजुरेलले १६ प्रतियोगीलाई पछि पार्दै शनिबार मिस नेपाल नर्थ अमेरिकाको ताज पहिरिएकी हुन् । प्रतियोगिताको फर्स्ट रनरअप क्यानडाकी आस्था पाण्डे र सेकेन्ड रनरअप अमेरिकाकै म्यासाचुसेट्सकी कृती...

अमेरिकी भिसामा अझ कडाइ
अमेरिकी भिसामा अझ कडाइ

केही दिनअघि नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेले अमेरिकामा हुने एक क्रिकेट टुर्नामेन्टमा भाग लिन जाने क्रममा भिसा आवेदन गरेपछि अमेरिकी दूतावासले सुरुमा उनलाई भिसा दिन अस्वीकार गरिदियो । सामाजिक सञ्जालमा उनले आफू अमेरिका लुक्न जान नलागेको भन्दै गुनासो गरेपछि...

चीनबाट ४४ नेपाली महिला कामदार स्वदेश फिर्ता
चीनबाट ४४ नेपाली महिला कामदार स्वदेश फिर्ता

चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिसङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदारलाई नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार...

तीर्थराज निरौलालाई कारबाही गर्न सीआईबीलाई सिफारिस
तीर्थराज निरौलालाई कारबाही गर्न सीआईबीलाई सिफारिस

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमर कुँवर र दिक्षा कुँवरमाथि ठगीको आरोप लगाई कारबाहीका लागि निवेदन दिने तीर्थराज निरौलालाई नै कारबाही गर्न नेपाली दूतावासले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सिफारिस गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधावीस्थित...

वोनम्यारो पीडित सुनितालाई हङकङबाट सहयोग
वोनम्यारो पीडित सुनितालाई हङकङबाट सहयोग

पोखराकी वोनम्यारो पीडित सुनिता गुरुङको जीवन रक्षाका लागि हङकङबाट सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग प्राप्त भएको छ । २६ वर्षीया गुरुङको जीवन रक्षाका लागि सामाजिक अभियन्ता रिस्ता गुरुङ (सिमा) ले फेसबुकमार्फत ८० हजार रुपैयाँ संकलन गरी पठाइदिएका हुन् । पोखराका रोशन...