गृहपृष्ठ प्रदेश २
प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको...
वीरगन्ज महानगरपालिका- २५, सिर्सिया बस्ने रामा साह भन्ने २४ वर्षीय उपेन्द्र साहलाई १ थान कटुवा पेस्तोलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बीआर ५ ए एफ ४६४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच...
पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका- १, पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । झडमा दुई सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवानहरु आयुषराय यादव र नरेश यादव घाइते रहेका...
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयसँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । सुरुसुरुमा गहुँ छर्ने समय भएकाले युरिया मलको अत्याधिक माग रहेको थियो ।अहिले अफसिजन भएकाले उक्त मल बिक्री हुन नसकेको प्रादेशिक...
स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्रनजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शंका लागि जाँच गर्दा मोटरसाइकलमा सवार...
पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आमहड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको शिवचोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन् । सिरहा सदरमुकाममा सोमबार आयोजित सहिद हेमनारायण यादवको १७औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले भने, 'मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ ।'...
सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका ७ का प्रेमनाथ महतोकी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४...
बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि सुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका...












