गृहपृष्ठ तेह्रौं साग
विश्वकपमा फितलो प्रदर्शनका कारण चौतर्फी आलोचना खेपिरहेको अर्जेन्टिनी टोलीसँग लिजेण्ड फुटबलर डिएगो म्याराडोनाले भेट्न चाहेको बताएका छन् । अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा नाइजेरियाको सामना गर्नुअघि म्याराडोनाले खेलाडीलाई भेट्न खोजेका हुन् । म्याराडोनाले प्रशिक्षक जर्ज साम्पाओलीको टिमका खेलाडीलाई भेट्न इच्छुक...
रसियामा जारी वल्र्डकप फुटबलमा आइतबार राति सम्पन्न खेलहरुमा इंग्ल्याण्ड र कोलम्बियाले शानदार जित हासिल गरेका छन् । त्यहीँ जापान र सेनेगलले २–२ गोलको बराबरी खेलेका छन् । इंग्ल्याण्डले जारी वल्र्डकपमा अहिलेसम्मको ठूलो गोल अन्तरको जित हात पार्यो । त्यतिमात्रै होइन,...
विश्वकप फुटबलअन्तर्गत अाइतबार सम्पन्न पहिलो खेलमा बेलायतले पानामालार्इ ६-१ गोलको फराकिलो अन्तरले हराएको छ । पहिलो हाफमै पाँच गोल गरेको बेलायतले दोस्रो हाफको ६१अाैं मिनेटमा अर्को गोल थपेको हो । बेलायतले पहिलो हाफमा पानामाविरूद्ध ८, २२, ३६, ३९ र ४५अाैं...
आइतबार बेलुकी पौने ६ बजे हुने समूह ‘जी’को खेलमा पानामा र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । आजको खेलमा नवप्रवेशी पानामालाई जितेमा अन्तिम खेल अघि नै इंग्ल्याण्डले अन्तिम १६ मा स्थान बनाउने छ । आजको खेलमा इंग्ल्याण्ड विजयी भएमा समूह विजेताको लागि...
खेलमा दोहोरो गोल गरेका लुकाकुले यस विश्वकपमा चार गोल गर्दै सर्बाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गर्नुका साथै विश्वकपको लगातार दुई खेलमा दुई गोल गर्ने खेलाडीका रुपमा अर्जन्टिनी स्टार डियगो म्याराडोनासँग बराबरी गरेका छन् ।...
फुटवलर टोनी क्रुजले इञ्जुरी समयमा निर्णायक गोल गरेपछि डिफेन्डिङ च्याम्पियन जर्मनीले स्वीडेनलाई २–१ गोलअन्तरले पराजित गर्दै सन् १९६२ पछि लगातार उपाधि जित्ने सपना जीवितै राखेको छ । ब्राजिलले १९५८ र १९६२ मा लगातार विश्वकप जित्दै इतिहास रचेको थियो । तर,...
रूसमा जारी विश्वकप फुटबलकाे शनिबारकाे खेलमा बेल्जियम ५-२ गाेल अन्तरले विजयी भएकाे छ । गाेलकाे वर्षा भएकाे खेलमा बेल्जियमले ट्युनिसियालार्इ फराकिलाे गाेल अन्तरले पराजित गरेकाे हाे । मस्कोस्थित स्पार्टक रंगशालामा बेल्जियमका इडेन हाजार्डले खेल सुरु भएको ६ मिनेटमै पेनाल्टीमार्फत गोल...
विश्वकप फुटबलमा आज राति पनि तीन खेल हुनेछन् । आज समूह ‘एफ’अन्तर्गत दुई तथा समूह ‘जी’अन्तर्गत एक खेल हुने तालिका छ । पहिलो खेलमा नेपाली समयअनुसार साँझ पौने ६ बजे बेल्जियम र टुनिसियाबीच प्रतिस्पर्धा हुनेछ । स्पार्टक स्टेडियममा बेल्जियम लगातार...
विश्वकप फुटबलमा गएराति भएको खेलमा नाइजेरिया र सर्बियाले जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेका छन् । यसअघि बराबरी खेलेको स्वीजरल्याण्ड र पराजित नाइजेरियाले नकआउट चरणको सम्भावना जोगाएका हुन् । शुक्रबार राति पौने ९ बजे भएको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २–० ले...
विश्वकप फुटबलअन्तर्गत भर्खरै सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकालार्इ २-० गोलअन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक देखिएको खेलका दुवै गोल ब्राजिलले अतिरिक्त समयमा गरेको हो । ब्राजिलको जितमा कौटिन्हो र नेमारले एक-एक गोल गरे । अतिरिक्त समयको पहिलो मिनेटमै कौटिन्होले गोल...











