गृहपृष्ठ सिद्धबाबा अर्थात् निःशुल्क बस सञ्चालन गर्ने प्रदेशकै पहिलो मन्दिर

सिद्धबाबा अर्थात् निःशुल्क बस सञ्चालन गर्ने प्रदेशकै पहिलो मन्दिर

siddhababa_mandir4

औद्योगिक, शैक्षिक नगरीको रुपमा पहिचान बनाएको बुटवल पछिल्लो समयमा पर्यटकीय गन्तव्यको रुपमा समेत विकास हुँदै गएको छ । गन्तव्यको रुपमा पर्यटकीय स्थलहरु रहेका छन् । बुटवल र यस आस पासमा धार्मिक स्थलहरुले समेत पछिल्लो समयमा पर्यटकीय गन्तव्यको रुपमा विकास भएका छन् ।

यि मध्ये एक हो पाल्पाको तिनाउ गाउँपालिका -३ मा रहेको सिद्धबाबा मन्दिर ।

बुटवलदेखि मात्रै १ किलोमिटर उत्तरमा रहेको सिद्धबाबा मन्दिर पछिल्लो समयमा प्रदेश-५ कै उत्कृष्ट धार्मिक गन्तव्यको रुपमा विकास हुँदै गएको छ । मन्दिरको आम्दानीबाट पछिल्लो समयमा सवारी सधान नै खरिद गरी  निःशुल्क रुपमा सेवा प्रदानको थालनी गरेको छ ।

शनिबार मन्दिरमा औपचारिक रुपमा पूजा गरी श्रदालु भक्तजनको लागि बस शुभारम्भ गरिएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले जानकारी दिए ।

बुटवलबाट नजिकै रहे पनि गुल्मी, पाल्पा र स्याङ्जा चल्ने यातायातका साधानहरुले श्रद्धालु भत्तजनहरु लैजाने नगरेको पटक पटक गुनसो आउने गरेको थियो । नजिकै रहेको मन्दिरमा सार्वजनिक यातायाताको सहज पहुँच नभएपछि मन्दिर आफैले निःशुल्क रुपमा बस सञ्चालन गरेको छ ।

२६ सिटको टाटा स्कुल नामको बस २९ लाख ६० हजार बजार मुल्य रहेको छ । जसमा मन्दिरले २ लाख ७० हजार रुपैयाँ क्यास डिस्काउन्ट कम्पनीबाट पाएको छ । कुल २६ लाख ५० हजार रुपैयाँमा बस खरिद गरिएको खरिद समितिका सदस्य तथा मन्दिर विकास समितिका सदस्य तोया लम्सालले जानकारी दिए ।

पहिलो चरणमा मन्दिर विकास समितिले १०लाख रुपैयाँ प्रदान गरेको छ भने अन्य रकम अबको ३ महिनामा चुक्ता गर्ने गरी सहमती भएको जनाइएको छ ।

सिद्धबाबा मन्दिर विकास समितिले मन्दिरमा पूजा तथा दर्शन गर्न आउने भक्तजन र धार्मिक पर्यटकहरुलाई निःशुल्क बस चलाउन सुरु गरेको हो । गत वर्षको महाशिवरात्रीबाट बचत भएको रकम र बाँकी रकम अन्य स्रोतबाट जुटाएर बस खरिद गरिएको हो ।

तत्काललाई हरेक दिन बिहान ५ बजे बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्र योगी कुटीबाट पहिलो बस छुट्ने र त्यसपछि ट्राफिकचोकबाट प्रत्येक एक घण्टाका फरकमा मध्यान्ह १२ बजेसम्म बस छुट्ने गरी व्यवस्थापन गरेको मन्दिर विकास समितिका सदस्य तोया लम्सालले जानकारी दिए ।

मन्दिर विकास समितिले सुरु गरेको यो धार्मिक बसमा भक्तजन तथा पर्यटकले गाडी भाडा तिर्नुपर्ने छैन । निःशुल्क यात्राको व्यवस्था मिलाइएको छ । कसैले सहयोग  गर्न चाहेमा बसमा राखिएको दानपात्र मा ईच्छाइएको रकम राख्न सक्नेछन् । बसमा भजन कीर्तन र सिद्धबाबा मन्दिर सहित धार्मिक प्रवचन श्रवण गर्ने व्यवस्था मिलाइएको छ ।

तत्कालका लागि एउटा बस खरिद गरिएको भए पनि आवश्यकता अनुसार थप धार्मिक बसको पनि व्यवस्था गर्ने सोचमा समति रहेको समितिका कोषाध्यक्ष तथा तिनाउ गाउँपालिका वडानम्बर-३ का वडाअध्यक्ष प्रेम पाण्डेले जानकारी दिए ।

 

महा शिवरात्रीमा विशेष कार्यक्रम

मन्दिर विकास समितिले यस वर्षको महा शिवरात्रीलाई भव्यतापूर्वक मनाउने तयारी गरेको छ । महा शिवरात्री र सोमबार एकै दिन परेकाले श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता हुने अनुमानसहित मन्दिर विकास समितिले बिशेष तयारी गरेको अध्यक्ष दल बहादुर गुरुङले जानकारी दिए ।

गत वर्ष महा शिवरात्रीमा १२ हजार भक्तजन आएकोमा यस वर्ष २० हजार पुग्ने अनुमान गरेको छ । महाशिवरात्रीमा बुटवलबाट मन्दिरसम्म पुग्न थप ४ वटा बसको निःशुल्क व्यवस्था गरिने छ ।

निकट भविश्यमा अझै बढी मात्रामा सहयोग भएमा रुपन्देहीको सैनामैना क्षेत्रबाट एउटा र अर्को नवलपरासी जिल्लाको सुनवल क्षेत्रबाट समेत अर्को बस निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाइएको मन्दिर विकास समितिले जनाएको छ ।

बार्षिक आम्दानी ५२ लाख

सिद्धबाबा मन्दिर आफैमा महत्व बोकेको मन्दिर हो । बली नचढ्ने मन्दिरमा विवाह, उत्सव, रुद्र, ब्रतबन्ध, धार्मिक अनुष्ठान लगायतका कार्यहरु हुँदै आएका छन् ।

परेवा उढाउनाले मनोकामना पुरा हुने अपेक्षा समेत श्रद्धालुहरुको रहेको छ । यस्तै पौराणीक  ऋषि भातृहरीले तपस्या गरेको स्थान समेत भएको कारण यसको थप महत्व छ ।

सिद्धबाबा खसगरी विश्वकर्मा बाबाको विशेष पूजा हुन्छ । यसको अलवा मुख्य रुपमा शिवजी पूजाआजा हुँदै आएको छ । मन्दिरले निर्माण गरेको व्यवसायी सटरबाट मासिक ६१ हजार ७ सय भडा उठ्दै आएको छ भने अन्य पूजाआजा, धार्मिक दान दान्तव्यबाट अन्य रकम उठ्दै आएको हो । मासिक प्रत्येक हप्तामा दान पत्र खोल्दा करिब ७० हजार रुपैयाँ बढी संकलन हुने गरेको कोषाध्यक्ष प्रेम प्रसाद पाण्डे बताउँछन् ।

 

शिवरात्रीमा विशेष पुजा

शिवको मुख्य मन्दिर भएको कारण महा शिवरात्रीमा विशेष पूजा आयोजना हुँदै आएको छ । यस वर्ष महा शिवरात्री पर्व यही फागुन २० गते सोमबारको दिन परेको कारण अझ बढी मात्रामा भत्तजनहरु आउने अपेक्षा मन्दिर विकास समितिले जनाएको छ ।

गत वर्ष करिब १२ हजार बढीले दर्शन गरेको मा यस वर्ष निःशुल्क बस समेत सञ्चालन गरिएको कारण २० हजार भन्दा बढी भत्तजनहरु मन्दिरमा आउने अपेक्षा गरिएको छ ।

मृतकको नाममा १ करोड बत्ती प्रज्जवल हुदै

सिद्धबाबा सडक खण्डको भौगोलिक वनावटको कारण विभिन्न समयमा दुर्घटना हुने गरेको छ । विविध कारणले दुर्घटनामा ज्याउन गुमाएका व्याक्तिहरुको नामममा  मन्दिर विकास समितिले यहि फागुन २७ गते  सोमबार १ करोड ८ लाख बत्ती जलाउने भएको छ । उक्त खण्डमा विगत १० वर्षमा करिब ७८ जनाले ज्यान गुमाएका छन् ।

उनीहरुको मृत आत्मको चिरशान्तिको लागि यो वत्ती प्रज्वल कार्यक्रम राखिएको जनाइएको छ । जसमा मृतकका आफन्तहरु सबैको सहभागीताको लागि समेत अनुरोध गरिएको छ ।

 

हिन्दू मन्दिर बौद्धिष्ठ अध्यक्ष

सिद्धबाबा मन्दिरमा धार्मिक सहिष्ण्तामो अच्छुण नमुना देख्न पाईन्छ । मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङ पूर्णरुपमा बुद्ध धर्म मान्दछन् । तै पनि उनी निरन्तर रुपमा मन्दिरको विकासमा लागिपरेका छन् । वन तथा वातावरणको जानकारको रुपमा पहिचान बनाएका उनी सामाजिक अभियान्ता समेत हुन ।

पाल्पाकै दोभान माविका पूर्व शिक्षक समेत रहेका उनी मन्दिरको अध्यक्ष भएपछि भेट व्यवस्थापनमा महत्पूर्ण कार्य गरेका छन् भने सिसि क्यामेरा जडान देखि लिएर ज्यादै न्युन शुल्कमा लाग्दै आएको सटर भाडा वृद्ध गरी आम्दानी समेत बढाएका छन् ।

यस्तै गत वर्ष अभियानको रुपमा सुरु गरेको धार्मिक निःशुल्क बस यस वर्ष चलाउन सफल भएका हुन ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु