गृहपृष्ठ आशालाई प्रवासी नेपालीको ४० लाख सहयोग

आशालाई प्रवासी नेपालीको ४० लाख सहयोग

gulmi-jilla-samaj-newskarobar

गुल्मीको आशा अपांग केन्द्रलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । आशालाई गुल्मी जिल्ला समाज यूके र नौमती बाजा समूह यूकेले करिब ४० लाख आर्थिक सहयोग गरेका हुन् ।

प्रवासी नेपालीहरूले चरण–चरणमा सहयोग रकम उपलब्ध गराएका हुन् । पछिल्लो पटक बिहीबार एक कार्यक्रम गरी आशालाई गुल्मी जिल्ला समाज यूकेले चार लाख रुपैयाँ सहयोग गरेको छ । आशाको कार्यालयमै कार्यक्रम गरी समाजका प्रतिनिधिहरुले सहयोग हस्तान्तरण गरेका हुन् ।

गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, सल्लाहकार मोती भण्डारी, कोषाध्यक्ष तारानाथ भण्डारी, कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बाबुराम भण्डारीले आशाका अध्यक्ष जनार्दन घिमिरेलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको रोहवरमा चार लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

अपांगताको क्षेत्रमा खर्चिने गरी लन्डनमा रहेका गुल्मेलीहरुबाट विभिन्न कार्यक्रम गरेर संकलित रकम आशालाई प्रदान गरिएको हो ।

प्रकाशित समय १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु