गृहपृष्ठ व्यपार घाटा कम गर्न उद्योगहरुलाई सहुलियत दिने गरी बजेट ल्याउन उद्योगीको माग
व्यपार घाटा कम गर्न उद्योगहरुलाई सहुलियत दिने गरी बजेट ल्याउन उद्योगीको माग
काठमाडौं । उद्योगी, व्यवसायीहरुले उद्योगमा जोड दिएर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यापार घाटा कम गर्न पनि सरकारले उद्योगहरुलाई सहुलियत दिने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए ।
उनले रोजगारीको अवसर सृजना गर्न पनि सरकारले उद्योग स्थापनालाई बजेटमा उल्लेख्य प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याए । विदेशी लगानी भित्रयाउन पूर्वाधारको विकासमा पनि बजेटले प्राथमिकता दिनुपर्ने वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई छ ।
बरिष्ठ उपाध्यक्ष गोल्छाले जनताले चाहेअनुसार मुलुकलाई समृद्ध बनाउन सरकार सामू ठूलो चुनौति रहेको पनि स्पष्ट पारे । नेपाल इकोनोमिक एशोसिएसनले आयोजना गरेको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै अर्थविद्हरुले पनि उद्योग स्थापनामा जोड दिनेगरी बजेट आए मुलुकको व्यापार घाटा कम गर्न सकिने धारणा राखेका थिए ।
प्रकाशित समय ०९:३० बजे

















