गृहपृष्ठ क्युवामा विमान दुर्घटना हुँदा सय जनाको मृत्यु
क्युवामा विमान दुर्घटना हुँदा सय जनाको मृत्यु
क्युबामा विमान दुर्घटना हुँदा एक सय जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट ३ जनाको भने जीवितै उद्धार गरिएको छ । होलगुइनका लागि उडेको बोइङ ७३७-२०१ विमान राजधानी हवानामा रहेको जोस मार्टी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो । विमान स्थानीय समयअनुसार दिउँसो १२ः०८ बजे उडेको थियो । विमानमा ११० यात्रु र चालक दलका सदस्य सवार थिए । बीबीसीका अनुसार, विमानका अधिकांश यात्रु क्युबाका थिए भने विमानका कर्मचारी मेक्सीकोका हुन् ।
क्युबाको कम्युनिस्ट पार्टीको समाचारपत्र ग्रान्मालाई उद्धृत गर्दै बीबीसीले जीवितै उद्धार गरिएका ३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । क्युबाका राष्ट्रपति मिगल डियाज केनलले दुर्घटनास्थलको अवलोकनपछि दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुःख व्यक्त गरेका छन् ।
प्रकाशित समय ११:४२ बजे

















