गृहपृष्ठ विश्व स्वास्थ्य संगठनबाट नेपाल सम्मानित

विश्व स्वास्थ्य संगठनबाट नेपाल सम्मानित

जेनेभा- आँखामा लाग्ने खश्रे रोग (ट्रकोमा) निर्मूलनमा गरेको उल्लेख्य उपलब्धिको कदर गर्दै विश्व स्वास्थ्य संगठनले नेपाल सरकारलाई रोग निर्मूलनको प्रमाण-पत्र प्रदान गरेको छ| विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुसले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई उक्त प्रमाणपत्र प्रदान गरे । विश्व स्वास्थ्य संगठनको ७१औं महासभामा भाग लिन जेनेभा आएको नेपाली प्रतिनिधिमण्डल र विश्व स्वास्थ्य संगठनको उच्च अधिकारीहरु बीच दुइ-पक्षीय छलफलका बीच सो प्रमाणपत्र प्रदान गरिएको हो |

प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा आउनु भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस विगतमा नेपालमा भएका स्वास्थ्यसंग सम्बन्धित सफल अभ्यास, उपलब्धी र योजनाहरुका विषयमा छलफल सम्पन्न भयो| सो क्रममा नेपालले हासिल गरेको उपलब्धी र यसमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाका बारेमा मन्त्री अर्यालले स्मरण गराइन्उर । विश्व स्वास्थ्य संगठनले जारी गरेको जीपीडब्लु र नेपालमा समवृद्धिको सपना सहित अगाडी बढेको सरकारको योजना एक साथ आएको हुँदा स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिने कुरामा मन्त्री अर्यालले जोड दिइन् ।

नेपाल संघियता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको नीति र पद्दति विकासमा विशेष प्राविधिक सहायोग प्रदान गर्नर नेपाली विज्ञहरुको अर्थपूर्ण सहभागितामा विश्व स्वास्थ्य संगठनका नीति, योजना र कार्यक्रमहरु जारी गर्न साथै विज्ञहरुलाई जिम्मेवारी दिन समेत मन्त्री अर्यालले आग्रह गरिन् ।

सो छलफलमा बोल्दै महानिर्देशकले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफुलाई खुशी लागेको र यसै गरी छिटै प्रमाण पत्र प्रदान गर्न पाउने कुरामा आफूविश्वस्त रहेको बताए । स्वास्थ्य क्षेत्रको संस्थागत विकास र सम्वृद्धिमा सहयात्री बन्न गरेको आग्रहले आफू निकै उत्साहित भएको उनले  बताए ।

सो छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालको नेतृत्वमा नेपालको जेनेभास्थितस्थायी नियोगका स्थायी प्रतिनिधि, दीपक धिताल, स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख, महेन्द्र प्रसाद श्रेष्ठ, नायब स्थायी प्रतिनिधि, तिर्थ राज वाग्ले, सहित ९ जना र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस, दक्षिण-पुर्विया एसिया प्रमुख डा. पूनम क्षेत्रपाल सिंह सहित विश्व स्वास्थ्य संगठन मुख्यालयका ७ जना प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित समय १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु