गृहपृष्ठ प्राकृतिक प्रकोपले तीन अर्बभन्दा बढीको क्षति

प्राकृतिक प्रकोपले तीन अर्बभन्दा बढीको क्षति

बाढी पहिरोका कारणमात्रै एक अर्बको क्षति

Duban_NewsKarobar

वैशाखदेखि साउनको १० गतेसम्म विभिन्नि किसिमका प्राकृतिक प्रकोपले २ अर्ब ७० करोड ३९ लाख रुपैयाँबराबरको क्षति पुगेको छ, यसमा असार २६ गतेदेखि लगातार ५ दिनसम्म परेको अबिरल वर्षाका कारण भएको भौतिक तथा आर्थिक क्षति जोडिएको छैन ।

पाँच दिनको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण ३४ जिल्लाका २२ हजार ६७० घरधुरी प्रभावित भएका थिए, त्यसमध्ये १९ हजार ९७४ घर पूर्ण क्षति भएको र ४१ हजार ३४३ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । त्यसले पुर्‍याएको क्षतिसमेत जोड्दा ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको देखिएको छ ।

गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार वैशाखदेखि साउन ८ गतेसम्म सबैभन्दा धेरै आगलागीबाट सबैभन्दा धेरै १ अर्ब ५४ करोड १८ लाख रुपैयाँको क्षति भएको छ भने त्यसपछि असार ५ गतेदेखि साउन १० गतेसम्मको बाढी, पहिरो, डुबान र अविरल वर्षाका कारण १ अर्ब ६ करोड ४४ लाख ८९ हजार रुपैयाँको आर्थिक क्षति भएको छ ।

यसमध्ये पनि बाढीले १ अर्ब २ करोड ८८ लाख ८६ हजार, पहिरोले २ करोड ७५ लाख ६३ हजार र अविरल वर्षाले ८० लाख ४० हजार रुपैयाँको क्षति गरेको छ ।

२१४ को मृत्यु, ४० बेपत्ता

वैशाखदेखि साउन ८ गतेसम्म प्राकृतिक प्रकोपहरूमा परी २१४ जनाको मृत्यु भएको र ४० जना बेपत्ता भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । यसमध्ये बाढी पहिरोको कारणले ११३ जनाको मृत्यु भएको र ३८ जना बेपत्ता भएको जनाइएको छ ।
बाढी, पहिरो र अविरल वर्षाले देशका ६७ जिल्लामा प्रभाव पारेको थियो । मृत्यु संख्याका आधारमा गुल्मी र राैतहट सबैभन्दा बढी प्रभावित भएका थिए भने आर्थिक क्षतिका आधारमा धादिङ प्रभावित भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु