गृहपृष्ठ ओमलाई गाभ्न साउन २८ गते एनएमबी बैंकको साधारण सभा
ओमलाई गाभ्न साउन २८ गते एनएमबी बैंकको साधारण सभा
एनएमबी बैंकले साउन २८ गते विशेष साधारण सभा बोलाएको छ । ओम डेभलपमेन्ट बैंकलाई गाभ्न/गाभिने प्रस्ताव अनुमोदन गर्न एनएमबी बैंकले साधरण सभा बोलाएको हो । साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजे सुरु हुनेछ ।
साधारण सभाले एनएमबी र ओम बैंक मर्जसँगै अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक अनुमोदन गर्नेछ । ओमले साउन २७ गतेका लागि विशेष साधारण सभा बोलाइसकेको छ ।
मर्जरका लागि नेपाल राष्ट्र बैंकले असार ८ गते नै सैद्धान्तिक सहमति दिइसकेको छ । दुई संस्थाले जेठ २ गते मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रकाशित समय १३:०४ बजे

















