गृहपृष्ठ भूमिसम्बन्धी प्रभावकारी नीति ल्याउने तयारी
भूमिसम्बन्धी प्रभावकारी नीति ल्याउने तयारी
a'4 jg{ Og g]kfn eGg] gf/fsf ;fy oxL h]7 @ ut] ;jf]{Rr lzv/ ;u/dfyfsf] ;kmn cf/f]x0f kl5 ;Ddflgt x'g'ePsf sNof0fsf/L :jod ;]js ;+3 g]kfn k|b]z g+= # sf ;xsf]iffWoIf ;'>L 5f]sL z]kf{ / ;x;lrj ;'>L zld{nf tfdfª . tl:a/ M /Tg >]i7, /f;;
काठमाडौं- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सुकुम्वासी समस्या समाधान र भूमि व्यवस्थापनबारे प्रभावकारी नीति ल्याउने अन्तिम तयारी भइरहेको बताएका छन् ।
‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने नारासहित सगरमाथाको सफल आरोहण गर्नुभएकी आरोही निमा छोकी शेर्पाको सम्मानमा कल्याणकारी स्वयमसेवक संघ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले भूमि व्यवस्थापनलाई प्रभावकारी बनाउने नीति ल्याइने उल्लेख गरे ।
खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने विषय नीतिमा समावेश गरिने मन्त्री खनालको भनाइ थियो ।
मन्त्री खनालले कृषि, पर्यटनले मात्रै स्वदेशमा रोजगारी सिर्जना हुने र आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै कृषि नीतिलाई परिमार्जन गर्दै मुलुकमै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरे ।
उनले हाल नेपालमा ११ प्रकारका भूमिहरू रहेको र अब त्यसलाई चार प्रकार – कृषि, व्यवसायिक, औद्योगिक र बसोबास भूमिमा वर्गीकरण गरेर अहिले देखिएका समस्याको समाधान गरिने बताए ।
मन्त्री खनालले सगरमाथाको सफल आरोहण गर्ने छोकी शेर्पा र शर्मिला स्याङ्तानलाई बधाई दिँदै सो साहसिक कार्यको सराहना गरे ।
लुम्बिनीदेखि सगरमाथासम्म पुगी सफल आरोहणकर्ता एवं कल्याणकारी स्वयमसेवक संघ नेपाल, प्रदेश नं. ३ की कोषाध्यक्ष छोकी शेर्पाले गौतम बुद्धप्रतिको विश्वमा रहेको भ्रमलाई चिर्नका लागि आफूहरूले सगरमाथा आरोहण गरेको बताए ।
कार्यक्रममा संघका अध्यक्ष अक्कल तामाङले सगरमाथाको सफल आरोहण गरेर शेर्पा र स्याङतानले साहसिक कार्य गरेको भन्दै उच्च कदरसहित आफूहरूले सम्मान गरेको बताए ।
प्रकाशित समय ०९:४१ बजे

















