गृहपृष्ठ सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धितर्फः मन्त्री बाँस्कोटा
सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धितर्फः मन्त्री बाँस्कोटा
sfe|]knf~rf]ssf] a]yfgrf]s ufpFkflnsfl:yt 9'+vs{df zlgaf/ k|wfgdGqL s[lif cfw'lgsLs/0f kl/of]hgf cfn' ;'k/hf]g ;ldlt÷a]yfgrf]s ;dGjo ;ldlt 9'+vs{n] cfof]hgf ul/Psf] …k|yd sfe|] cfn' dxf]T;j @)&%Ú sf] sfo{qmdsf] pb3f6g ug'{x'Fb} ;~rf/ tyf ;"rgf k|ljlw dGqL uf]s'nk|;fb afF:sf]6f . tl:a/ M k]df nfdf, /f;; sfe|]knf~rf]s
बनेपा- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ढुंखर्कमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन समिति÷बेथानचोक समन्वय समिति, ढुंखर्कले आयोजना गरिएको ‘प्रथम काभ्रे आलु महोत्सव–२०७५ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले देशलाई आत्मनिर्भर बनाउन कृषि नै पहिलो आधारशीला भएको बताए ।
उनले अब राजनीतिक पार्टी पनि आपसमा आरोप प्रत्यारोप छोडेर बेथितिविरुद्ध एउटै आवाजसहित सहकार्य र उत्पादनतर्फ लाग्नुपर्ने बताए । आर्थिक विकासकै लागि यसै आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन, ऊर्जा र यातायात गरी चारवटा पिलर (स्तम्भ) लाई लिएर विकासको गतिमा अगाडि बढ्ने सरकारको योजना रहेको उल्लेख गरे ।
संसार नै सूचना प्रविधिको युग भएकाले कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरेर आमूल परिवर्तन गर्न सरकार लागिपरेको उनको भनाइ छ । उनले प्राकृतिक स्रोतसाधन तथा मानवीय क्षमताको प्रयोग गरेर देशलाई आर्थिकरुपमा सबल बनाउन सकिने र आर्थिकरुपले सबल भएमा मात्रै अरूले हेप्न नसक्ने बताए ।
‘यो युग नवनिर्माणको युग हो’ उनले भने । देश धनी हुँदै जाँदा राजनीतिक मुद्दा कमजोर हुँदै जाने भएकाले त्यसतर्फ सबै लागेको उनको भनाइ थियो । उनले बजेटले ठाउँ, जनसंख्या, मानव विकासको सूचकाङ्क र पछि परेकाहरूलाई लक्षित गरी प्रस्तुत गरेको बताए । विकासका लागि दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना सरकारले बनाएको उनको भनाइ थियो ।
उनले जनताले बनाएको सरकार र छानेको प्रतिनिधि अर्को चोटी आउँदा शिर निहु¥याएर आउने बातावरण बन्न नदिने ठोकुवा गरे । उनले काभ्रेमा स्थापना भएर वर्षौँदेखि बन्द अवस्थामा रहेको सूचना प्रविधि (आइटी) पार्क हजारौं विद्यार्थीले पढ्न पाउने र सयौंले जागिर पाउने केन्द्र बनाउने बताए ।
कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले किसानहरूलाई व्यवसायीकरण गर्न सरकारले जोड दिनुपर्ने बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोनको कार्यालय बनेपाका प्रमुख किशोर पन्तले बाहिर देशबाट भित्रिएको आलुसँग प्रतिस्पर्धा गर्न व्यवसायिक खेतीतर्फ किसानलाई डो¥याउन आलु सुपरजोनले काम गरिरहेको बताए ।
जिल्लाका किसानहरूले बीस बर्ष अगाडिदेखिको आलुको बीउ प्रयोग गर्दै आएको ढुंखर्क क्षेत्र आलुको बीउ उत्पादनका लागि निकै उपयुक्त क्षेत्र भएकाले पनि बेथानचोकमा आलु महोत्सव गरी किसानलाई आकर्षण गर्न सो महोत्सव आयोजना गरिएको उल्लेख गरे ।
सो क्रममा आलु खेती गर्ने किसानमध्येका उत्कृष्ट पाँचजनालाई नगदसहित सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा पाँचखालका यादवप्रसाद अधिकारी, बनेपाका राजेशप्रसाद श्रेष्ठ, बेथानचोकका कृष्णप्रसाद तिमल्सिना, भक्तपुरका शेखरप्रसाद दुलाल र पनौतीका देवकृष्ण मानन्धर रहेका छन् ।
महोत्सवमा आलुका विभिन्न परिकारहरू, कृषिसँग सम्बन्धित वृत्तचित्र प्रदर्शनी, कृषि औजार प्रदर्शनी र बाली उपचार शिविर तथा कृषिसम्बन्धी दोहोरी गीत प्रस्तुति लगायत रहेको थियो ।
प्रकाशित समय ०९:३६ बजे
















